शिव मारुती ज्वेलर्स

फोकस नेपाल चैत्र २९ गते ।  सर्लाहीको हरिपूर्वा नगरपालिका–९, मिर्चैयामा शुक्रबार बिहान ट्रकले किच्दा एक किशोरीको मृत्यु भएको छ भने उनकी बहिनी घाइते भएकी छन् ।

ईश्वरपुर नगरपालिका–१३, श्रीनगरकी १७ वर्षीया अन्जलीकुमारी महतो साइकल चलाइरहेकी बेला श्रीनगरबाट धनकौलतर्फ गइरहेको ना. ५ ख ३८५८ नम्बरको ट्रकले ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

शुभकामना

उक्त साइकलमा पछाडि सवार उनकी १५ वर्षीया बहिनी पूजाकुमारी महतो घाइते भएकी छन्। उनको श्रीनगरस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

मृतक अन्जलीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको र ट्रकसहित चालक इलाका प्रहरी कार्यालय केशरगञ्जको नियन्त्रणमा रहेको डिएसपी सरोज राईले जानकारी दिए।

स्थानीयका अनुसार रामदुलार महतोका दुई छोरी घरबाट श्रीनगरतर्फ आउँदै गर्दा दुर्घटनामा परेका हुन्। उनको हरिपूर्वा र श्रीनगर दुवै ठाउँमा घर रहेको जनाइएको छ।

२०८१ चैत्र २८, शुक्रबार १५:१४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय