शिव मारुती ज्वेलर्स

एजेन्सी , कार्तिक १७ गते । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । बिहिबार उनीमाथि गोली प्रहार हुँदा उनी घाइते भएका छन् ।

गुजरावालाको अल्लाहवाला चोक नजिकै उनीमाथि गोली प्रहार भएको हो । र्‍यालीमा रहेका उनीसवार कन्टेनरमा आक्रमणकारीले ३÷४ राउण्ड गोली हानेका थिए ।

शुभकामना

पाकिस्तान तहरीक–ए–इन्साफका महासचिव असद उमरका अनुसार खानलाई खुट्टामा गोली लागेको छ भने उनलाई उपचारका लागि लाहोर पठाइएको छ ।

पाकिस्तानी सञ्चार माध्यमले घटनामा अरु ३/४ जना पनि घाइते भएका जनाएका छन् ।

यता गोली हान्ने एक जनालाई पक्राउ गरिएको पाकिस्तानी प्रहरीले बताएको छ ।

२०७९ कार्तिक १७, बिहीबार १२:४४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय