शिव मारुती ज्वेलर्स

फोक्स नेपाल ,कार्तिक २१ गते । बारा क्षेत्र नं‍. ४ को निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेपछि दिउँसो पक्राउ परेका वडा अध्यक्ष सुनिल गुप्ता रिहा भएका छन् ।

समर्थकहरुले रिहाइको माग गर्दै त्रिभुवन राजमार्ग नै अवरुद्ध गरेपछि उनलाई प्रहरीले रिहा गरेको हो ।

शुभकामना

बारा क्षेत्र नं. ४ को निर्वाचन अधिकृतको कार्यालय समेत रहेको जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयमा ततालाबन्दी गरेपछि उनलाई पक्राउ गरिएको थियो ।

गुप्ता वडा नं.७ जीतपुरका वडा अध्यक्ष हुन् । निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेकोले गुप्तालाई पक्राउ गरिएकोमा पछि छोडिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

२०७९ कार्तिक २१, सोमबार ०५:२४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय