शिव मारुती ज्वेलर्स

बीरगन्ज, कार्तिक २६ । जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै जिल्लामा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लागेको छ ।

अगामी मंसीर ४ मा हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी एमं भयरहित वातावरणमा सम्पन्न गर्न, शान्ति सुरक्षालाई दृष्टिगत गरी सुचना जारी गरिएको मदिरा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

शुभकामना

बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यद्वारा हस्ताक्षरित सूचनापत्रमा मतदानको कार्य सम्पन्न नभए सम्मका लागि बारा जिल्ला भरि सबै प्रकारका मादक पदार्थ ओसार पसार, बिक्री वितरण कार्य र सेवन गर्न पुणर् रुपमा निषेध गरिएको जनाइएको छ । ईजाजत पत्र प्राप्त गरेकाहरुलाई समेत मदिराजन्य पदार्थ बिक्रि वितरण नगर्न जिल्ला प्रशासन कार्यालय बाराले सूचना मार्फत निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले मदिराको बिक्री तथा सेवनमा रोक लागेका कारण निणर्य कार्यान्वयनका लागि सहयोग गर्न सर्वसाधारणसँग समेत आग्रह गर्नु भएको छ । बारामा मदिरा बन्द भएपनि सचेत मतदाता हर्सित भएका छन् । बारावासीले यो कदम स्वागत गर्दै यसले निर्वाचनलाई थप मर्यादित बनाउँने प्रतिक्रिया दिएका छन् ।

२०७९ कार्तिक २६, शनिबार ०४:५५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय