शिव मारुती ज्वेलर्स

फोक्स नेपाल ,कार्तिक २६ । सर्लाहीको ईश्वरपुरमा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । गएराति ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा नम्बर नखुलेको मोटरसाइकल दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर सोही मोटरसाइकलका चालक चन्द्रनगर गाउँपालिका–६, का विजय मुखियाको ज्यान गएको जिल्ल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो । दुर्घटनामा परेका मुखियाको मुख, टाउको लगायत शरीरको विभिन्न भागमा चोटलागेको थियो ।

शुभकामना

उनलाई स्थानीयले गम्भीर अवस्थामा उद्धार गरी नजिकैको सिद्धिविनायक अस्पताल पु¥याएका थिए । अस्पताल पुग्ने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको हो ।

मृतक युवकको शव प्रहरीले प्रदेशिक अस्पताल मलंगवामा परीक्षणपश्चात आफन्तको जिम्मा लगाएको छ ।

२०७९ कार्तिक २६, शनिबार ०८:३४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय