शिव मारुती ज्वेलर्स

 फोक्स नेपाल ,मंसिर ७ गते । महोत्तरी क्षेत्र नम्बर १ मा रोचक प्रतिस्पर्धा देखिएको छ । सतारुढ पाँच दलिय गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणी पोखरेल पछाडी परेका छन् ।

उनलाई ५५९ मतान्तरले नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतोले पछाडी पारेका छन् ।

शुभकामना

गौशाला नगरपालिकाको वडा नं १ देखि ८ सम्मको मत गणना गरिसक्दा एमालेका लक्ष्मीले ७ हजार २४० मतका साथ अग्रता लिएका हुन् । माओवादीका गिरिराजमणीले ६ हजार ६८१ मत ल्याएर दोस्रो स्थानमा छन् ।

माओवादीको गढ मानिने गौशाला नगरपालिका वडा नं ६ र ८ मा पनि एमालेले राम्रो मत पाएका छन् । वडा नं ८ बाट आफूहरुले सोचे अनुरुपको मत नपाएको माओवादीका एक कार्यकर्ताले बताए ।

गिरिराजमणीको सुरुवाती अग्रतालाई तोडेका लक्ष्मीले निरन्तर आफ्नो अग्रता कायम राखेको छ ।

२०७९ मंसिर ७, बुधबार १५:०५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय