शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,पुस ६ गते । सुरक्षा निकाय र भन्सारसहितको संयुक्त टोलीले पर्साको भिश्वा बजारमा छापा मारेर ४ लाख मुल्य बराबरको चामल बरामद गरेको छ ।

छिपहरमाई गाउँपालिका ५ भिश्वा बजारबाट भन्सार छलेर ल्याइएको ४ लाख मुल्य बराबरको ३ सय ११ बोरा चामल बरामद गरिएको हो ।

शुभकामना

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरलाई सिमावर्ती भारतीय बजारबाट भन्सार छलेर चामल ल्याई भिश्वा बजारमा भण्डारण गरेर राखिएको सूचना आएको थियो ।

सोही सूचनाको आधारमा खटिएको नेपाल प्रहरी, सशस्त्र प्रहरी र वीरगञ्ज भन्सारको टोलीले चामल बरामद गरेको हो ।

स्थानीय विस्मिल्लाह मियाँ भन्ने व्यक्तिको घरको गोदामबाट ‘स्टिम सोना’ लेखिएको २० किलो दरका ३ सय ११ बोरा चामल बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर पर्साका निमित्त प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष कुमार बस्नेतले जानकारी दिए ।

२०७९ पुष ६, बुधबार १२:३९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय