शिव मारुती ज्वेलर्स

बारा, पुस १२ गते । बारामा करिब १७ कठ्ठामा लगाइएको गाँजा फडानी गरिएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले निजगढ नगरपालिका वडा नं १२ र १३ कुलियामा लगाइएको गाजा फडानी गरेको हो ।

शुभकामना

लुकीछिपी लागु औषध गाँजा लगाईएको छ भन्ने सूचनाको आधारमा खटिएको सुरक्षाकर्मीको टोलीले गाजाको बोट फडानी गरेको थियो ।

सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प, रनतपुरी तथा ईलाका प्रहरी कार्यालय निजगढबाट सुरक्षाकर्मीको टोली गाजा फडानीका लागि खटिएका थिए ।

सशस्त्र प्रहरी नायब उपरीक्षक जगनाथ खड्का र प्रहरी निरीक्षक सञ्जिव ओलीको नेतृत्वमा खटिएको १९ जनाको टोलीले गाजा फडानी गरेका थिए ।

फडानी गरिएको गाजाको बोट एक ठाउँमा जम्मा गरेर जलाएर नष्ट गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

२०७९ पुष १२, मंगलवार ०४:३३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय