शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,पुस १६ गते । रौतहटमा विद्युतीय​ तारको प्रयोग गरि माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

गरुडा नगरपालिका ७ पिपरिया दोस्तियाका ३० वर्षीय रामतिलक पटेलको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएका छन् ।

शुभकामना

शुक्रबार साँझ गाउँ छेउको तरहारी खोलामा विद्युतीय​ तार प्रयोग गरि माछामार्ने क्रममा पटेललाई करेन्ट लागेर अचेल हुँदा उपचारको लागि गरुडा अस्पताल पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी बरुणकुमार सिंहले बताए ।

मृतक पटेलको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

२०७९ पुष १६, शनिबार १३:२४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय