शिव मारुती ज्वेलर्स

सप्तरी, पुस २२ गते । चिसोले कठ्यांग्रिएर सप्तरीमा एकजनाको मृत्यु भएको छ।

जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका– ४ मुसहरी टोलका ४५ वर्षीय राजु भनिने देवु सदाको मृत्यु भएको हो।

शुभकामना

तिलाठी कोइलाडी ४ का वडाध्यक्ष मुनिलाल मुखियाका अनुसार राति खाना खाएर सुतेका उनको चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो ।

खुला ठाउँमा रहेको फुसको घरमा सुतेका उनी बिहान मृत भेटिएका हुन्। मृतक सदाका तीन छोरा र तीन छोरी छन् भने श्रीमतीको दुई वर्षअघि नै मृत्यु भइसकेको छ।

२०७९ पुष २२, शुक्रबार १२:३७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय