शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,पुस २७ गते । धनुषाबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक भारतीय नागरिक फन्दा परेका छन् । पक्राउ पर्नेमा भारत विहार राज्य मधुवनी जिल्ला ग्रामपञ्चायत दुहवी महिनाथपुर बस्ने वर्ष ४२ का राजेश कुमार साह छन् ।

उनलाई मंगलबार धनुषाको विदेह नगरपालिका वडा नं.२ बाट ईलाका प्रहरी कार्यालय दुहवीको प्रहरी टोलीले पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

शुभकामना

बी.आर.३२ ए.सी. ७६७९ नम्बरको स्कुटर चढेर भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा स्कुटरको डिक्की भित्र कालो प्लाष्टिकमा श्रोत नखुलेको १६ लाख रुपैयाम्ह बरामद भएको डिएसपी क्षेत्रीले बताए ।

उनलाई आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

२०७९ पुष २७, बुधबार ०५:४९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय