शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,माघ १२ गते । अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतबाट कैद र जरिवाना तोकिएर फरार रहेका दुई जना प्रतिवादीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका ८ बस्ने ३६ वर्षीय शिवकुमार महरा र ४५ वर्षीय नागेश्वरी यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शुभकामना

महरालाई शहीद नगर नगरपालिका वडा नम्बर २ चोराकोयलपुरबाट र यादवलाई कमला नगरपालिका ८ टेढामोडबाट पक्राउ गरिएको प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

दुबैलाई धनुषा जिल्ला अदालतले अपहरण तथा शरीर बन्धक मुद्दामा रु ५० हजार जरिवाना र ९ वर्ष कैदको सजाय सुनाएको थियो ।

२०७९ माघ १२, बिहीबार ०२:१२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय