शिव मारुती ज्वेलर्स

महोत्तरी ,असार २३ गते । महोत्तरीमा सवारी दुर्घटनामा परेर एकजनाकोे मृत्यु भएको छ । औरही नगरपालिका ७ भोइल गाउँ नजिक शुक्रवार राती सवारी दुर्घटनामा गौशाला नगरपालिका १२ का ३५ वर्षीय प्रदीप महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बर्दिबासबाट दक्षिणतर्फ जाँदै गरेको ज१त १६५५ नम्बरको ट्याक्टरलाई सोही दिशातर्फ जाँदै गरेको प्र २–०२–००२ प ६४११ नम्बरको मोटरसाइकलले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

शुभकामना

उपचारका क्रममा महतोको राती नै मृत्यु भएको जिल्ला प्रहरी कर्याालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीप गिरीले बताए ।

ट्याक्टरसहित चालक धनेश्वर मण्डललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२०८० असार २३, शनिबार ११:३२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय