फोकस नेपाल ,श्रावण १७ गते ।नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ गाईघाटमा हिजो दिउँसो मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६४२ नं. को ट्रक र बिपरित दिशाबाट जाँदै गरेको लु २८ प ६२७० नम्बरको मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ,भने एक जना घाइते भएका छन।
मृतक मोटरसाइकल चालक सरोज दर्लामी रहेका छन भने घाइते पाल्पा घर बताउने ३४ वर्षीय चेतन आले रहेका छन ।
शुभकामना

ट्रक चालक पर्सा सकुवा गाउँपालिका –१ बस्ने वर्ष ४० वीरबहादुर लामालाई प्रहरीले नियन्त्रणमा लिएको चितवन प्रहरीले जनाएको छ ।
















