पर्सा, असोज १९ गते । पर्सामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
शुक्रबार वीरगञ्ज महानगरपालिका–१ छपकैया बस्ने पुनम देवीको शव फेला परेको हो ।
शुभकामना

शव हेर्दा टाउकोमा धारिलो हतियार प्रहार गरेको देखिएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।
सूचना पाएपछि घटनास्थल पुगेको प्रहरी टोलीले शव नियन्त्रणमा लिई पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएको तथा घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको एसपी शाहले बताए ।
मृतक महिलाका श्रीमान् कामको शिलशिलामा र छोरा अध्यनको लागि भारतमा बस्दै आएका छन्। महिला एक्लै घरमा बस्दै आएकी थिइन्।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














