शिव मारुती ज्वेलर्स

जनकपुरधाम ,कार्तिक ८ गते । जनकपुरबाट पेस्तोलसहित एक भारतीय किशोरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरी वडा नं.९ बस्ने पप्पु सहनीको छोरी अन्दाजी वर्ष १६ की पुजा कुमारी सहनी छन् ।
उनलाई जनकपुरधामको रेल्वे स्टेसन जनिक रहेको हनुमान मन्दिरबाट मंगलबार साँझ पोने ८ बजे सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

रेल्वे सुरक्षा बेश जनकपुरबाट खटेको सशस्त्र प्रहरी टोलिले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा एक थान कटुवा पेस्तोल बरामद भएको सशस्त्र प्रहरीले धनुषाले जनाएको छ ।
साथबाट नेपाली ६५ रुपैया, भारतीय 5G सिम थान १ र चाँदीको जस्तो देखिने मालाको लकेट थान १ सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि रेल्वे सुरक्षा बेश जनकपुरधाममा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

शुभकामना

२०८० कार्तिक ८, बुधबार ००:३८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय