शिव मारुती ज्वेलर्स

फोकस नेपाल , कार्तिक १३ गते । चोरीको ४ वटा मोटरसाइकलसहित वीरगन्जबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१६ का २८ वर्षिय अजय गोसाईं छन् ।

वीरगन्ज–१० स्थित सडक खण्डमा कार्त्तिक २ गते पार्किङ गरी राखेको ना५४प ४७२४ नम्बरको मोटरसाइकल र प्रदेश २–०३–०२२ प ९२७२ नम्बरको मोटरसाइकल लक तोडेर चोरी भएका थिए । ती मोटरसाइकल खोजी गर्ने क्रममा नारायणी अस्पतालको पार्किङबाट गोसाईं पक्राउ परेका हुन् । उनले चोरी गरेको मोटरसाइकल नै प्रयोग गरिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

शुभकामना

पक्राउ पछि अनुसन्धानको क्रममा उनको साथबाट सोही स्थानबाट चोरी भएका थप ३ वटा मोटरसाइकल समेत बरामद भएका छन् । बरामद भएका अन्य मोटरसाइकलहरु प्रदेश २–३–२२ प ९२७२, ना ५४ प ४७२४, ना ३६ प ९८५३ र ना ६४ प ३९०६ नम्बरका रहेका छन् । प्रहरीले गोसाईंलाई बरामद भएका ४ वटै मोटरसाइकलसहित आइतबार सार्वजनिक गरेको हो ।

२०८० कार्तिक १३, सोमबार ०८:२०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय