शिव मारुती ज्वेलर्स

धनुषा,कार्तिक १८ गते । खसीको मासु भनि बाख्राको मासु बेच्ने एकजनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्रनगरका गुल्जार महम्मद रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीको गस्ती टोलीले क्षिरेश्वरनाथ वडा नम्बर ५ महेन्द्रनगरमा महम्मदले सञ्चालन गरेको साहिल फ्रेस हाउँसमा गई चेक जाँच गर्दा पसलको अगाडी खसीको मासुको सानो टुक्रा संगै छाला बिनाको बाख्रालाई खसीको अण्ड कोष र पिसाब गर्ने लिंग जस्तो बनाई खसीको मासुसंगै बिक्री गर्नको लागि राखेको अवस्थामा फेला पारेको थियो ।

शुभकामना

खशीको मासु र बाख्राको मासु नाप तौल गर्दा छाला भएको खशीको मासु २१ किलो र बाख्राको मासु ८ किलो समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

२०८० कार्तिक १८, शनिबार १२:४५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय