शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,कार्तिक २३ गते । जाजरकोट केन्द्रबिन्दु भएर बिहीबार बिहान पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार बिहीबार बिहान ३ बजेर ६ मिनेट जाँदा ४.२ म्याग्निच्युडको परकम्प मापन गरिएको हो ।

शुभकामना

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि यहाँ निरन्तर भूकम्प गइरहेको छ।

शुक्रबार गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा गरी एक ५३ जनाले ज्यान गुमाएका छन् भने हजारौँ घरमा क्षति पुगेको छ।

जाजरकोटमा मात्रै भूकम्पबाट ३४ हजार ५ सय १ घरधुरीका एक लाख ७९ हजार ८ सय ९३ जना प्रभावित भएका छन्।

२०८० कार्तिक २३, बिहीबार ०३:५६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय