बिरगंज पर्सा ,असोज ०४ गते । बिरगंज महानगरपालिका वडा न-११ श्रीपुर घर भई ललितपुरको विशाल चौकमा एस.प्रिया कलेक्सन नामक रेडिमेड कपडाको पसल सन्चालन गर्ने पुर्व नेपालीसेना मदन सिंह कि श्रीमती किरण सिंह(सोनी) भन्ने महिलाले विभिन्न व्यक्तिहरुको रकम ठगेर फरार भएकी छिन।
किरण सिंह भन्ने सोनी सिंह माथी ललितपुर महानगरिय प्रहरी परिसरमा उनको नाममा विभिन्न व्यक्तिहरुले निवेदन तथा जाहेरी समेत दर्ता गराएका छन।
शुभकामना

हाल उनी फरार रहेकै अवस्थामा नितनपुर स्थित रहेको भगवती रोलिङ्ग मिल्सको खरिद बिक्री गर्ने बहानामा जाली कागजपत्र तयार गरी उक्त फैक्ट्रीका जि.एम दिपक प्रियदर्सीको मिलेमतोमा फैक्ट्री भित्रका कबाड बिक्री गर्ने बहानामा समेत केही बिरगंजका कबाडीको कामगर्ने व्यपारीहरुको पैसा समेत ठगी गरेको खबर प्राप्त भएको छ।
भगवती रोलिङ्ग मिल्सका प्रथम पक्ष महेन्द्र साह र दोस्रो पक्ष किरण सिंहको हस्ताक्षर सहितको कागजपत्र तयार गरी उक्त फैक्ट्री खरिद गरेको प्रमाण देखाउदै ठगी धन्दा गर्ने गरेको प्रमाण फेला परेको छ।भगवती रोलिङ्गस मिलको मुल्य ५५ करोडमा खरिद गर्ने किरण सिंहले उक्त ५५ करोड मध्ये भगवती रोलिङ मिलका प्रतिनिधि महेन्द्र साहको मार्फत ४४ करोड ५० लाख भुक्तानी समेत भईसकेको प्रमाण फेला परेको छ।
भगवती रोलिङ मिल्सको जग्गा साविक छातापिपरा वडा न-२ हाल जितपुर सिमरा उपमहानगर पालिका वडा न-९ स्थितको जग्गाको कि.न.१९६ को जग्गाको क्षेत्रफल-००-११-१८ त्यसैगरी कि.न.९५को क्षेत्रफल ००-१७-०५ र कि.न. ९४ को क्षेत्रफल ००-१७-०० रहेको र कि.न.९३को क्षेत्रफल ००-१८-०० रहेको छ। उक्त कागजातमा जग्गा खरिदगर्ने खरिद कर्ताको नाम किरण सिंह रहेको छ।
दुनियाँलाई ठग्दै आफ्नो जिविकापार्जन गरिरहेकी किरण सिंहले ५५ करोड काहा बाट लिएर आई त्योभने गम्भीर प्रश्न रहेको छ..?? र त्यत्रो रकमको श्रोत समेत खुलाउनु पर्ने कानुनी प्रावधान रहदा समेत त्यसको कुनैपनी श्रोत खुलाईएको छैन। अर्को प्रसङ्गमा प्रश्न चिन्ह समेत खडा भएको छ। यत्रो पैसा भगवती रोलिङ्ग मिल्सले कुन खाता मा बुझ्यो र त्यत्रो रकम बुझाउनेले कस्तो खालको श्रोत बैंकलाई बुझायो त्योभने खोजीको बिषय बनेको छ। भगवती रोलिङ मिल्सको ग्लोबल आई.एम.ई बैंकको खाता न:- १७६०१०१०००१३९१ को खातामा किरण सिंहले ०४-०५-२०२४ मा एक करोड ५० लाख डिपोजिट गरेको भाउचर समेत फेला परेको छ।
भगवती रोलिङ्ग मिल्स खरिदगर्ने किरण सिंहको ५५ करोड तिर्ने हैसियत भएको भए चेक अनादर तथा बैंकिङ्ग कसुर मुद्दामा फरार हुनु पर्दैन थियो। र यदि उसले जाली कागजातहरु बनाएर ठगी गर्ने उदेश्यले यस्तो गर्दैछिन भने भगवती रोलिङ मिल्सका जि.एम.दिपक प्रियदर्सी र महेन्द्र साहको यसमा कस्तो खालको संलग्नता र भुमिका छ त्योभने अनुसन्धानको बिषय रहेको छ।
स्मरण रहोस् ललितपुर महानगरपालिका वडा न:-२६ ढोलाहिटी बस्ने विजय लक्ष्मी बैधको समेत पैसा ठगेर फरार भएकी किरण सिंह भन्ने सोनी सिंह अहिले बिरगंज बाराको जीतपुर तथा सिमरामा लुकीछिपी बस्ने गरेको खबर प्राप्त भएको छ। विजयलक्ष्मी बैधले जिल्ला प्रहरी कार्यालय ललितपुरमा २०८१ साल ज्येष्ठ ३ गतेको दिन च.न-१७८२८ मा किरण सिंह विरुद्ध बैन्किङ्ग कसुर मुद्दा दर्ता गराएकी छिन। त्यसैगरी ललितपुर जिल्ला अदालतबाट सुशील बमले तथा निरंजन थापा काठमांडू जिल्ला अदालत बबरमहल बाट @समेत चेक अनादर मुद्दामा किरण सिंहको पक्राउ पुर्जी समेत जारी गराएका छन। हाल किरण सिंहलाई पक्राउ गर्नको निमित्त प्रहरीले. खोजतलास जारी राखको छन ।














