शिव मारुती ज्वेलर्स

बारा, कार्तिक २० गते । बारामा निर्वाचन अधिकृतको कार्यालयमा ताल्चा लगाउने एकजना जनप्रतिनिधि पक्राउ परेका छन् ।

जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकाको कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा ताल्चा लगाएको आरोपमा प्रहरीले वडा नं. ७ का वडाध्यक्ष सुनिल गुप्तालाई नियन्त्रणमा लिएको हो।

शुभकामना

उपमहानगरपालिकाको कार्यालयमा स्थापना गरिएको निर्वाचन क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयमा ताल्चा लगाएर कर्मचारीहरुलाई भित्रै थुनेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

वडाध्यक्ष गुप्तालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सिमराका डिएसपी युवराज तिमल्सिनाले जानकारी दिए।

उनीसँगै एक जना वडा सदस्यलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएका छन् ।

२०७९ कार्तिक २०, आईतवार १३:३७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय