शिव मारुती ज्वेलर्स

फोक्स नेपाल,संवाददाता  ।

शिर्षक :- जहाँबाट मेरो भविष्य तय हुन्छ ।

शुभकामना

मेरो देशको सबैभन्दा आलिसान
र सुबिधायुक्त बृद्धाश्रम
जहाँबाट मेरो भविष्य तय हुन्छ ।
फेरि दौड सुरु भएको छ ।
त्यही बृद्धाश्रमको एक सिट सुरक्षीत गर्ने

म किसान हुँ ।
मेरालागी सम्पुर्ण सुख-सुबिधा
त्यहीँबाट छुट्याइन्छ ।
त्यसैले,सबैलाई अन्न खुवाई
म आफै भोकै मर्नुपर्छ ।

म युवा हुँ ।
मेरै रेमिटेन्सले देश चल्छ ।
तर पनि,
म र मेरा आफन्त भोकै मर्नुपर्छ ।
पुरै जवानी मेरो अर्काकै देसमा
अरुकै गुलामी गरि कटाउनु पर्छ ।
किनभने,
म युवा हुँ ।
र मलाई मेरो देस चालाउन,
मेरा आफन्तहरुलाई पाल्न
परदेश मै जीवन कटाउनु पर्छ ।
यहाँसम्म कि मेरो पार्थिक शरीरलाई
मेरो देसको माटो समेत नसिब हुँदैन ।

म महिला हुँ ।
म आफ्नै घरमा सुरक्षित छैन् ।
कहिले बालिका,कहिले किशोरा
र कहिले बृद्धअबश्थामा समेत लुटिनु पर्छ ।

सुन्दैछु फेरि चुनावी मुद्दा बन्दैछ ।
• अनागरिकलाई नागरिक बनाउने
• यो देशलाई भ्रष्टाचार मुक्त गर्ने
• रोजगारी सृजना गर्ने
• शिक्षा,स्वास्थ्य,कृषि र यातायात आदि
• यो देशलाई समृद्ध बनाउने

तिमीलाई थाहा छ ?
मेरो ६० वर्षे काका पनि
युवा नेता भनी चुनाव लड्दैछ ।
उसले पनि मेरो भविस्य तय गर्दै थियो ।
भन्दैथियो म जितेर त्यो वृद्धाश्रम पुगेसी
तिम्रोलागी यो गर्नेछु,त्यो गर्नेछु ।
मलाई चुनावमा सघाउ !
मैले पनि नाइँ भन्न सकिन ।

तर म चाहन्छु यसपली मेरो काका हारोस ।
बरु जीत उसको होस
जो कृषिविज्ञ छन्
बरु जीत उसको होस
जो इन्जिनियर छन्
बरु जीत उसको होस
जो डाक्टर छन्
बरु जित उसको होस
जो कानुन कानुन पढेलेखेका छन्
तब मात्र मेरो भविस्य राम्रो तय हुन्छ ।

शिक्षा,स्वास्थ्य,कृषि,यातायात
भौतिक पुर्वाधार,सामाजिक सुरक्षा
आदि को व्यवस्था तब मात्र
उचित र भरपर्दो निर्माण हुन्छ ।
जब स्वास्थ्य मन्त्री डाक्टर हुनेछ ।
कृषि मन्त्री कृषिविज्ञ हुनेछ ।
भौतिक पुर्वाधार र यातायात मन्त्री
ईन्जिनियर हुनेछ ।
आदि

त्यसैले,उम्मीद छ ।
यसपाली वृद्धाश्रम
विकासप्रेमी र देशभक्त युवाले भरोस
र बाबा,काकाको सल्लाह,सुझाव
अनि युवाको जोस र जाँगरले एक
सुन्दर र शान्त नेपालको भविष्य तय होस ।
“जहाँबाट मेरो भविस्य तय हुन्छ ।”

मोहन महतो कोईरी,लेखक

२०७९ आश्विन ३१, सोमबार ०४:४९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय