फोकस नेपाल ,श्रावण १५ गते । बोलाबम कवारिया संघ द्वारा पशुपतिनाथको प्राङ्गणमा आयोजित २७ औ श्रावणी मेला एवं बिशाल बोलबम कार्यक्रम सम्पन्न भएको छ। नेपाल को प्रसिद्ध धार्मिक स्थल पशुपतिनाथको प्राङ्गणमा आज एक कार्यक्रम का बिच बोलाबम कवारिया संघ ले २७ औ श्रावणी मेला एवं बिशाल बोलबम कार्यक्रम को आयोजना गरेको हो।
उक्त २७ औ श्रावणी मेला एवं बिशाल बोलबम कार्यक्रममा नेपाली कांग्रेस मधेस प्रदेश सभापति एवम् भौतिक पुर्वाधार तथा विकास मन्त्री मा. कृष्णा यादव ले सम्बोधन गर्दै भने भगवान शिवको पूजा आरधना धेरै फलदायी हुने र यसको फलस्वरूप भगवान शिवले सम्पूर्ण भक्तजनको मनोअकंक्षा पुरा गरिदिने विस्वास रहेको उनले बताए । शिव भगवानको पूजा गर्दा सुख र सौभाग्य बढ्ने धार्मीक विश्वास रहेको ले आफू पनि शिव भगवान को ठूलो भक्त रहेको बताए।
शुभकामना

२७ औ श्रावणी मेला एवं बिशाल बोलबम कार्यक्रम पुर्ब प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधव नेपाल को प्रमुख अतिथि तथा बोलबम कवारीया संघका अध्यक्ष रामाज्ञा साहको अध्यक्षतामा भएको कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नं १ सांसद प्रदिप यादव,नेपाली कांग्रेस मधेस प्रदेश सभापति एवम् भौतिक पुर्वाधार तथा विकास मा.मन्त्री कृष्णा यादब, लगायत विभिन्न राजनीति दलको नेताहरुको उपस्थिति रहेको थियो।














