शिव मारुती ज्वेलर्स

फोक्स नेपाल, कार्तिक ७ गते ।चितवनमा ट्रककको ठक्करबाट सर्लाहीका एकजनाको मृत्यु भएको छ । मत्यु हुनेमा सैनिक जवान सर्लाहीको बागमती नगरपालिका–१० का अन्दाजी २६ वर्षीय सुनील महतो छन् ।

चितवनको इच्छाकामना गाउँपालिका–४ रमाइलोडाँडा नजिक नवलपरासीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ९२३१ नम्बरको ट्रकले विपरीत दिशाबाट महतोले चलाउँदै आएको ना ४७ प ९११६ नम्बरको मोटरसाइकललाई सोमबार विहान ठक्कर दिएको थियो ।

शुभकामना

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनलाई उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

उनी नेपाली सेनाको बुटवलस्थित रण शारदल गणमा कार्यरत थिए । दुर्घटनामा मोटरसाइकल पछाडि बस्ने सर्लाहीको बागमती–८ की १९ वर्षीया निशा मगर घाइते भएकी छन् । पुरानो मेडिकल कलेजमा उपचार गराइरहेकी निशाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०७९ कार्तिक ७, सोमबार ०९:३६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय