शिव मारुती ज्वेलर्स

वीरगञ्ज, कार्तिक ९ गते । पर्सामा घरको स्ल्यापबाट लडेर एक किशोरको ज्यान गएको छ ।मृत्यु हुनेमा बिन्दबासिनी गाउँपालिका ३ इटियाही टोल बस्ने उमेश दासको छोरा १६ वर्षीय अरबिन्दकुमार दास छन् ।

सोमबार दिउँसो सवा ३ बजे उनी बाख्रालाई खुवाउन अम्बकको बोटतिर गएको बेला निर्माणाधीन दुई तले घरको झ्याल बाहिर जडान भई नसकेको स्ल्यापमा टेकेका थिए ।

शुभकामना

जडान नभएको स्ल्याप अचानक खुस्किन गई जमिनमा लडेर गम्भिर घाइते भएका उनको बाराको प्रसौनीस्थित एल.एस.न्युरो अस्पताल उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

२०७९ कार्तिक ९, बुधबार ०७:०१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय