शिव मारुती ज्वेलर्स

फोक्स नेपाल , गौशाला । हिन्दुहरुको महान छठ पर्वको अवसरमा गौशलामा स्व. मुन्नी मिश्रि स्मृति भलिबल प्रतियोगिता २०७९को आयोजना हुने भएको छ।

सामुदायिक विकास युवा क्लब गौशाला न.पा.-१२ कान्तिबजार परडिया द्वारा स्व. मुन्नी मिश्रि स्मृति भलिबल प्रतियोगिता भोली शुक्रवार देखि सुरु हुने भएको हो ।
भलिबल खेल बारे जानकारी दिन आज पत्रकार सम्मेलनको आयोजना गरी क्लबको अध्यक्ष तथा कान्तिपुर पत्रीकाका संवाददाता समेत रहेका सन्तोष सिंहले “लागुऔषध दुव्र्यसन विरुद्ध हाम्रो प्रहार“ मुख्य नाराको साथ स्व. मुन्नी मिश्रि स्मृति भलिबल प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

शुभकामना

भलिबलमा आठ ओटा टिम सहभागी हुने छ ।

भलिबल दुई दिन शुक्रबार देखि शनिबार सम्म हुनेछ ।
भलिबल खेल भलिबल संघको नियमानुसार खेलाईने छ । हरेक टिममा टिम भन्दा बाहिरको दुई ओटा खेलाडी राख्न पाउने व्यवस्था समेत गरिएको छ।
खेल रोटेसन विधिबाट खेल संचालन हुने आयोजकले जनाएकोछ ।

प्रतियोगितामा प्रथम र दोस्रो हुने टिम लाई प्रमाणपत्र , मेडल र नगद सहित सम्मान गरिने छ अध्यक्ष सिंहले जनाए ।

२०७९ कार्तिक १०, बिहीबार १४:०४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय