गणेश कुशवाहा । हिन्दुहरुको महान पर्व छठ को शुभ अवसरमा सामुदायिक विकास युवा क्लब गौशाला न.पा.-१२ कान्तिबजार परडिया द्वारा स्व. मुन्नी मिश्रि स्मृति भलिबल प्रतियोगिता २०७९ कार्तिक ११ गते भएको भलिबल फाईनल खेल सामुदायिक विकास युवा क्लव र शिवनगर बिच हुँदै छ ।
सामुदायिक विकास युवा क्लब र कालिपुर टिम संग सेमिफाइनल खेलर सामुदायिक विकास युवा क्लब फाईनल पुगेका छन् । अर्को सेमिफाइनलमा भानुभक्त र शिवनगर खेलेर शिवनगर फाईलमा पुगेका छन् । आज शनिबार फाइल खेलमा सामुदायिक विकास युवा क्लब र शिवनगर बिच २:३०बजे देखी हुँदा छ । भलिबल खेल बाट वेस्ट खेलाडी मेडल ,चादर ओढाई नगद सहित सम्मान गरिने छ ।
शुभकामना

सामुदायिक विकास युवा क्लब गौशाला न.पा.-१२ कान्तिबजार परडिया द्वारा स्व. मुन्नी मिश्रि स्मृति भलिबल प्रतियोगिता भोली शुक्रवार देखि सुरु भएको र शनिबार सम्मपन्न गरिने योजना लिएर खेल सुरु गरिएका छ ।
“लागुऔषध दुव्र्यसन विरुद्ध हाम्रो प्रहार“ मुख्य नाराको साथ स्व. मुन्नी मिश्रि स्मृति भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।
भलिबलमा आठ ओटा टिम सहभागी हुने छ । भलिबल दुई दिन शुक्रबार देखि शनिबार सम्म हुनेछ ।
भलिबल खेल भलिबल संघको नियमानुसार खेलाईने छ । हरेक टिममा टिम भन्दा बाहिरको दुई ओटा खेलाडी राख्न पाउने व्यवस्था समेत गरिएको छ।
खेल रोटेसन विधिबाट खेल संचालन हुने आयोजकले जनाएकोछ ।
प्रतियोगितामा प्रथम र दोस्रो हुने टिम लाई प्रमाणपत्र , मेडल र नगद सहित सम्मान गरिने छ अध्यक्ष सिंहले जनाए ।














